लागुऔषध सहित ५ जना पक्राउ

बिराटनगर । झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट प्रहरी टोलीले झापा गाउँपालिका-४ बाट झापा गाउँपालिका-७ का २५ बर्षीय सुनिराम हेमरन र २१ बर्षीय हिरण राजवंशीलाई ६० ग्राम २४ मिलिग्राम लागुऔषध ब्रउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी मोरङको ईलाका प्रहरी कार्यालय बिराटचौकबाट खटिएको प्रहरी टोलीले सुनदरहरैचा नगरपालिका-८ सलकपुरबाट स्थानीय २१ बर्षीय समिर बस्नेत र २९ बर्षीय प्रकाश बिष्टलाई १ ग्राम लागुऔषध ब्राउनसुगर र नगद १० हजार ४० रुपैयाँ सहित पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले सुनसरीको ईटहरी नगरपालिका-८ बसपार्कबाट ईटहरी-१७ का सनवाज महमदलाई ५५८ मिलिग्राम लागुऔषध ब्राउनसगुर सहित पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार