कोशी प्रदेश सभाको विशेष अधिवेशन वैशाख ६ गते आह्वान

बिराटनगर । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाका एक चौथाईभन्दा बढी प्रदेशसभा सदस्यहरुले दिएको पत्रको आधारमा विषेश अधिवेशन बोलाएका छन् । विशेष अधिवेशन आगामी वैशाख ६ गतेका लागि बोलाइएको हो ।

‘कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाईभन्दा बढी प्रदेशसभा सदस्यहरुको मिति २०८०।१२।२६ गतेको लिखित अनुरोधमा माननीय प्रदेश प्रमुख पर्शुराम खापुङज्यूले नेपालको संविधानको धारा १८३ को उपधारा ९३० बमोजिम संवत् २०८१ साल वैशाख ६ गते बिहीबार दिनको १:०० बजे कोशी प्रदेशसभा हल, विराटनगरमा कोशी प्रदेशसभाको अधिवेशन आव्हान गर्नुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार