अनियन्त्रित भई दुर्घटना हुँदा ३ जनाको मृत्यु

पथरी । इलाम, ओखलढुंगा र उदयपुरको छुट्टा छुट्टै स्थानमा सवारी साधन अनियन्त्रित भई दुर्घटना हुँदा ३ जनाको मृत्यु छ ।

मङ्गलबार दिउँसो इलामको माङसेबुङ गाउँपालिका-४ स्थित रबी-दमक सडक खण्डमा को.३७ प ९२८१ नम्वरको मोटरसाईकल अनियन्त्रित भई सडकबाट करिव २५ फिट तल खसि दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक भोजपुर खावाका ५७ बर्षीय महेश कुमार राईको मृत्यु भएको हो । आम्दा अस्पताल दमकमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

मङ्गबार वेलुका ५ बजे ओखलढुंगाको चम्पादेवी गाउँपालिका-७ स्थितमा लु.३त ९९७४ नम्वरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिव ५० मिटर तल झरी दुर्घटना हुँदा ट्रयाक्टरमा सवार रहेका सिद्विचरण नगरपालिका-७ का २१ बर्षीय फुर्तेम्वा शेर्पाको घट्नास्थल मा नै मृत्यु भएको भयो । घाईते ट्याक्टर चालक मोलुङ गाउँपालिका-२ का २५ वर्षीय अभय सुनुवारको सामुदायिक मिसन अस्पतालमा उपचार भईरहेको छ ।
हिजो राती १० बजे उदयपुरको उदयपुरगढी-७ स्थित मदन भण्डारी लोकमार्गमा ग.१ ख ४७५३ नम्वरको ट्रक ओरालोमा ब्रेक फेल भई दुर्घटना हुदाँ घाईते भएका ट्रक चालक चितवन राप्ती नगरपालिका-६ का २८ बर्षीय सन्देश चौधरीको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार