खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम

पथरी । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम पथरी शनिश्चरे नगरपालिकाले मंगलबार सम्पन्न भएको छ ।

नगर प्रमुख एवम् खोप व्यवस्थापन समितिका अध्यक्ष मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा सो कार्यक्रम भएको हो । कार्यक्रममा १० वटै वडाका खोप व्यवस्थापनका बारेमा छलफल भएको थियो । हालै सम्पन्न भएको दादुरा रूवेला विरूद्धको खोपको विषयमा रहेर छलफल गरिएको थियो । कार्यक्रममा नगर उपप्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई, ईलाका प्रहरी पथरीका डीएसपी गणेशबहादुर श्रेष्ठ, जनस्वास्थ्य अधिकृत एकराज खत्री, १० वटै वडाका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरू लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जन स्वास्थ्य अधिकृत जगत मगरले खोपको विषयमा जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार