वडा नम्बर ४ का खेलाडीहरु।
पथरी। मोरङको पथरी शनिश्चरेमा जारी भेट्रान लिग फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।

फाइनल खेल पथरी शनिश्चरे वडा नं ४ र वडा नम्बर २ वीच पञ्चायत माध्यमिक विद्यालयको खेलमैदानमा ३ बजे हुने आयोजक २ नम्बर वडा कार्यालयका अध्यक्ष नैना राईले जनाए । वडा नम्बर १ लाई १ गोल गर्दै वडा नम्बर ४ दावेदार टिम बनेको हो । २ नम्बर वडाले वडा नम्बर ८ लाई २-० अन्तरले पराजित गर्दै वडा नम्बर ४ संग भेट पक्का गरेको हो ।


120 पटक हेरिएको 












