वार्षिक योजना निर्माण कार्यशाला

पथरी । सामाजिक विकास मन्त्रालय र पथरी शनिश्चरे नगरपालिकाको द्वीपक्षीय लागत साझेदारी तथा करुणा फाउण्डेशन नेपालको प्राविधिक सहयोगमा संचालित अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमको आ.व. २०८१/८२ को लागि वार्षिक योजना निर्माण कार्यशाला सम्पन्न भएको छ ।
आज नगरपालिकामा भएको सो कार्यशालामा छलफल गरिनुका साथै बालबालिका शाखा प्रमुख गीता कट्टेलले आफ्नो प्रस्तुतिकरण राखिन । कार्यशालामा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, वडा अध्यक्षहरु भीम राई, नविन कार्की, वीरबहादुर राई, उद्धवराज बस्नेत, जीवन खतिवडाको उपस्थिति रहेको थियो । यस्तैगरी स्वास्थ्यतर्फबाट एकराज खत्री र करुणा फाण्डेसनका तर्फबाट सुरज सरदारको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार