सुनसरी । जिल्लाको रामधुनी नगरपालिका-६ ईचौलबाट लागुऔषध ओसार पसारमा संलग्न रहेका २ जनालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
जेष्ठ ३ गते साँझ लागुऔषध ब्राउनसुगरको ओसार पसार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ र इलाका प्रहरी कार्यालय पकली सुनसरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सप्तकोशी नगरपालिका-५ सप्तरीका ३५ बर्षिय श्याम सुन्दर खंग र ईटहरी उप-महानगरपालिका-५ सुनसरीका ४० बर्षिय श्याम प्रसाद निरौलालाई नियन्त्रण लिएको हो। चेक जाँच गर्दा प्रहरी माथि नै आक्रमण गरे पश्चात प्रहरीले प्रतिकार स्वरुप १ राउण्ड गोली प्रहार गर्दा खंगको पिडुँलामा लागि घाईते भएको र संलग्न दुवै जनालाई २१० ग्राम ७३० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो ।
गोली लागि घाईते भएका खंगको सान्वी सिटी अस्पताल लविपुरमा प्रहरीको निग्रानीमा उपचार भई रहेको छ भने घटना
सम्वन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।


73 पटक हेरिएको 












