विराटनगर । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ शुक्रवार लिएका छन् । नवनियुक्त मन्त्री हरुलाई पद तथा गोपनियताको शपथ प्रदेश प्रमुख माननीय परशुराम खापुङले र नवनियुक्त राज्यमन्त्री लाई मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पद तथा गोपनियताको शपथ गराएका हुन् ।
प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री कार्कीको नेतृत्वमा नयाँ मन्त्री नियुक्ति, हेरफेर र कार्यविभाजन गरेका हुन् । मन्त्रीमण्डल विस्तारसँगै कार्की नेतृत्वको सरकार १० सदस्यीय पुगेको छ 


77 पटक हेरिएको 












