पथरी ।जनता समाजवादी पार्टी नेपाल, लिम्बुवान राष्ट्रिय समिति यथावत रहेको बताएको छ।
सोमवार समितिका उपाध्यक्ष सन्जय राईले एक विज्ञप्ती जारी गर्दै सो कुरा बताएको हो । ‘मिति २०८० मंसिर ९ गते पाँचथरमा भएको लिम्बुवान राष्ट्रिय समितिको पुनर्गठन बाट निर्वाचित लिम्बुवान राष्ट्रिय समिति यथावत रहेको र केहि नेता कार्यकर्ताहरु मूलधारको बाटो छोडि अन्य पार्टीहरुमा गएकोमा उहाँहरुलाई मूल बाटोमा फर्कन र पार्टीका आम नेता, कार्यकर्ता शुभचिन्तक, शुभेत्छुकहरुमा लिम्बुवान राष्ट्रिय समिति एक डिक्का भएर यथावत रहेको र पार्टीको मुलधार रहन समेत सबैमा यसै विज्ञप्तीमार्फत अपिल गर्दछौ ।’ विज्ञप्ति मा भनिएको छ ।


89 पटक हेरिएको 












