पथरी । पथरी शनिश्चरेमा आदिवासी जनजाति क्षमता अभिवृद्धि कार्यशाला सुरू भएको छ ।
आइतबर पथरी शनिश्चरे वडा नं. १० को सहयोगमा नेपाल आदिवासी जनजाति महासंघ १० नं. वडा समन्वय परिषद्ले कार्यशालाको आयोजना गरेको हो । तीन दिनसम्म सञ्चालन हुने सो कार्यक्रमको सभाध्यक्ष आयोजकका अध्यक्ष सबिन तामाङको रहेको थियो भने प्रमुख अतिथि वडा नं. १० अध्यक्ष जीवन खतिवडा रहेका थिए । वडाका आदिवासी महिला पुरुष गरी कार्यशालामा जम्मा ५० जनाको सहभागिता रहेको कार्यक्रम संयोजक सुमन कुरुङबाङले जानकारी दिए। कार्यक्रममा आदिवासी जनजाति महासंघ नगर कमिटी अध्यक्ष देवेन्द्र वनेम, वडा सदस्य मिना तामाङ, सञ्चारकर्मी अर्जुन जम्नेली राई, समाजसेवी गणेश थक्लुङ, हेमभक्त तमु लगायतको उपस्थिति रहेको थियो । कार्यशालाको सहजीकरण काजीमान तामाङले गर्नेछन् ।


152 पटक हेरिएको 












