काठमाडौ । याक्थुङ मुन्चइत् चोक सयङको चौथो राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित् चुम्लुङहिममा असार ४ र ५ गते नेपाल प्रज्ञाप्रतिष्ठानका पुर्व कुलपति बैरागी काइलाको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
जिल्ला र प्रदेशहरुद्वारा प्रस्तुत प्रतिवेदनहरु, महासचिवद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन, कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन, अध्यक्षद्वारा प्रस्तुत संस्थागत प्रतिवेदनहरुमाथि छलफल गरि समसामयिक प्रस्तावहरु समेत सर्वसम्मतले पारित गरेको छ ।
पारित प्रस्तावहरु
१, लिम्बु चलचित्रहरुको सेन्सर प्रक्रियामा याक्थुङ मुन्चइत् चोक सयङ्लाइ अनिवार्य सहभागी गर्न,गराउन चलचित्र विकास बोर्डसंग समन्वय गर्ने । लिम्बु चलचित्रलाइ सेन्सर गर्ने प्रक्रियामा बोर्डका सदस्यहरुलाई दिइने तलब भत्ता तथा विविध पक्षहरु सरकारलेनै व्यवस्थापन गर्न, गराउन माग गर्ने ।
२, ‘याक्थुङ स्टोरी बैंक’लाइ व्यवस्थित गर्न, अन्तराष्ट्रिय कथा प्रतियोगितालाइ निरन्तरता दिने र बैंकमा भएका कथाहरुलाई चलचित्र निर्माण गर्ने ।
३, कक्षा ८ देखि १२ सम्मका याक्थुङ बिधार्थीहरुलाई ‘लिम्बु चलचित्र शिक्षा’बारे प्रशिक्षित गर्ने र अभियान संचालन गर्ने ।
५, सम्पूर्ण चलचित्रकर्मीहरुको संरक्षण, सम्बर्द्धन र विकासको लागि ‘याक्थुङ मुन्चइत् सयङ् कोष’ स्थापना गर्ने ।
४, ‘याक्थुङ स्टोरी सेन्सर बोर्ड’को कार्यविधि निर्माण गरि सिफारिस प्रक्रियालाई व्यवस्थित गर्ने ।
६, राष्ट्रिय/अन्तराष्ट्रियस्तरको चलचित्र महोत्सवहरु आयोजना गर्ने ।
७,लिम्बु चलचित्र बजार व्यवस्थापनको लागि ताप्लेजुङ, पान्थर, तेह्रथुम, धनकुटा, संखुवासभा लगायत क्षेत्रहरुमा ‘घुम्ती चलचित्र घर’ निर्माणको अभियान संचालन गर्ने ।
८, विभिन्न विधालयमा अध्यन/अध्यापन हुने लिम्बु भाषाका पाठ्यक्रम तथा पाठ्यपुस्तकहरुमा लिम्बु चलचित्रको बिषयलाई समेट्न पाठ्यक्रम निर्माण समितिसंग समन्वय गर्ने ।
९, लिम्बु चलचित्र निर्माणलाइ विश्वबजारसम्म पुर्याउन राष्टिय/अन्तराष्ट्रियस्तरका प्रशिक्षकहरुद्वारा ‘चलचिक्र निर्माण’ सम्बन्धि तालिम संचालन गरि दक्ष जनशत्ति निर्माण गर्ने ।
१०, लिम्बु चलचित्र अवार्ड आयोजना गर्ने ।
११, प्रवासमा रहेर काम गरिरहेका डायस्पोरिक लिम्बू कलाकारहरुलाइ समन्वय गरि अन्तर्राष्ट्रियस्तरमा गठन गरि सम्बन्धनको ब्यवस्था गर्ने ।
१२, याक्थुङ मुन्चइत चोक सयङको वेबसाइट निर्माण गरि सम्पूर्ण गतिविधिहरु निरन्तर सार्वजानिक गर्ने ।
निर्वाचित नयाँ कार्यसमितिमा को को ?
अध्यक्ष – सागर केरुङ्
उपाध्यक्ष – बबिता फोम्बो
उपाध्यक्ष – पूर्ण सेलिङ्
महासचिव – रुपा आङ्ङबुहाङ्
सचिव – दिनेश माङमु
सचिव – लोकेन साँवा
कोषाध्यक्ष – हाङ चेम्जोङ्
सदस्य – दिनेश लिङ्देन्
सदस्य – रुद्र पाहिम
सदस्य – मोनी ताम्लिङ्
सदस्य – लक्ष्मी योङ्हाङ्
सदस्य – नरेश वनेम
सदस्य – सन्देश सुब्बा
सदस्य – मनु थक्लुङ्
सदस्य – शैलेन्द्र थेबे
सदस्य – तुलसा लिम्बु
सदस्य – पर्शु थलङ्
सदस्य – बिपना आङ्बुहाङ्
सदस्य – अमर तुम्बापो
सदस्य – कृष्ण थलङ्
सदस्य – याम नेयोङ्
निवर्तमान अध्यक्ष
सुर्यप्रकाश चेम्जोङ्
सल्लाहकार
नविन सुब्बा
किशोर सुब्बा
प्रेम सुब्बा
मौसम इम्बुङ्
सागर सुब्बा
यासेली योङ्हाङ्
सृजना सुब्बा


161 पटक हेरिएको 












