सखुवारा । पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले ‘शिक्षासँग सिप’ कार्यक्रम सुरुवात गर्ने भएको छ ।
विद्यार्थीहरूलाई किताबी ज्ञान मात्रै दिने भन्दा केही व्यवहारिक तथा जीवनपयोगी सीपमूलक ज्ञान दिनको लागि वडाले चालू आर्थिक वर्षमा वडाको बजेटबाट ‘शिक्षासँग सिप’ कार्यक्रम सुरुवात गर्ने वडा अध्यक्ष नवीन कार्कीले बताएका छन् । पहिलो चरणमा हाउस वाइरिङ, प्लम्बीङ, बासजन्य सामाग्री निर्माण, फेसन डिजाइनर, पशुपालन तथा प्राथमिक पशु उपचार, कराते, संगीत, नृत्य आदि तालिमहरू सञ्चालन हुने अध्यक्ष कार्कीले बताएका छन्् । तोकिएका तालिम मध्ये विद्यार्थीको इच्छाको आधारमा छनौट गर्न वडाले विद्यालयहरुलाई पत्राचार गरेको छ ।
‘वडा नम्बर आठको प्रण, सामुदायिक विद्यालयको रुपान्तरण’ कार्यक्रम सञ्चालन गरिरहेको वडाले विभिन्न शैक्षिक गतिविधि सञ्चालन गरिरहेको छ भने नगरपालिकामा नै प्रथम पटक कक्षा–१२ सम्मको शिक्षालाई निःशुल्क गराएको छ । साथै पथरी बहुमुखी क्याम्पस अध्ययनरत विद्यार्थीहरुलाई वार्षिक ५ हजारको दरले छात्रवृत्ति समेत प्रदान गर्दै आएको छ ।


108 पटक हेरिएको 




