पथरी । पालिकाको मुख्य बजार पथरीमा अटेर गरी बाटो ओगटेर राखिएका सामग्रीहरु बरामद गरिएको छ ।
नगर प्रहरी र ई रिक्सा व्यवस्थापन समितिको संयुक्त टोलीले सो सामानहरु बरामद गरेको हो । बजारमा बारम्बार सूचना गरेपनि, पार्किङ एरिया र बजार लाग्ने मार्किङ गरिएपनि अटेर गरी केही व्यापारीहरुले सामान जथाभावी राखेपछि बरामद गरिएको ई रिक्सा व्यवस्थापन समितिका संयोजक विरध्वज शिवाले जानकारी दिए ।


108 पटक हेरिएको 












