‘फेरि भेटौला’ कार्यक्रम

पथरी । पथरी शनिश्चरे नगरपालिकाले नगरबाट सरुवा भइ जाने कर्मचारीहरुलाई विदाईका लागि ‘फेरि भेटौला’ कार्यक्रम सम्पन्न गरेको छ ।

आज भएको सो कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत शशि राईको अध्यक्षतामा भएको थियो । नगरबाट सरुवा भइ जानेहरु उप–सचिव अधिकृत स्तर दशौं तहमा कार्यरत शालिग्राम काफ्ले, सुजन निरौला, रमेश कुमार चौधरी, इन्दु सुवेदीलाई विदाइ गरिएको हो । विदाइ कार्यक्रममा कर्मचारीद्वय जितबहादुर लिम्बु र सरोज भट्टराई अनुपस्थित थिए । कार्यक्रममा शनिश्चरे स्वास्थ्य चौकीमा नेपाल स्वास्थ्य सेवा, समूह कम्युनिटी नर्सिङ/पब्लिक हेल्थ नर्सिङ, सि.अ.न.मी पद सहायकस्तर पाँचौ तहमा अवकाश भएकी राधा देवी नेपाललाई सम्मान गरिएको थियो । उप–प्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई र सरुवा भई जाने कर्मचारीहरुले आफ्ना अनुभव र कार्यसम्पादनका विषयमा आ–आफ्ना कुरा राखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार