गान्धी मार्गको ढिलासुस्तीप्रति मन्त्री तामाङलाई ध्यानाकर्षण

पथरी । मनमोहन गान्धी मार्गको निर्माणमा भएको ढिलासुस्तीप्रति पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले कान्छाराम कन्ट्रक्सनका प्रमुख एवं उर्जा राज्यमन्त्री माननीय पूर्णबहादुर तामाङलाई ध्यानाकर्षण गराएका छन् ।
आज मनमोहन गान्धी मार्गको ढिलासुस्तीले जनप्रतिनिधि तथा आम जनसमुदायले भोगेको सास्तीको विषयमा नगर प्रमुख तुम्वापोले मन्त्री तामाङलाई ध्यानाकर्षण गराएका हुन् । ध्यानाकर्षण गराउन तुम्वापोसँगै प्रमुख प्रशासकीय अधिकृत शशि राई र वडाध्यक्षहरुको पनि उपस्थिति रहेको थियो । ध्यानाकर्षण पश्चात् तामाङले अब तुरुन्तै काम पुनः सुचारु गरेर आगामी चैतसम्ममा सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गरेको प्रवक्ता नविन कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार