खोटाङ। जिल्लाको ऐसेलुखर्क गाउँपालिका-१ राखावाङदेल स्थितमा खोलामा नुहाउने क्रममा डुबेर २ जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजकुमार राईको ९ बर्षीय छोरा राज राई र टंकराम राईको ११ बर्षीय छोरा अर्जुन राई रहेका छन् ।
हिजो दिउँसो बिद्यालयबाट घर फर्कदा बाटोमा पर्ने चङ्खु खोलामा नुहाउने क्रममा दुबैजनाको डुबेर मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


124 पटक हेरिएको 












