इलाम । याक्थुङ युवा मञ्च नेपाल केन्द्रीय समितिले तयार गरेको ‘किरात सिरिजङ्गा वर्णमाला सोमवार’ सार्वजनिक गरिएको छ ।
इलाममा सुरु भएको मञ्चको तेस्रो केन्द्रीय परिषद बैठक उद्घाटनको अवसरमा पहिलोपटक वर्णमाला सार्वजनिक गरिएको हो । मञ्चका केन्द्रीय अध्यक्ष राजेन्द्र इधिंगाे, मञ्चका सल्लाहकार मधुराज केरुङ, किरात याक्थुङ चुम्लुङ प्रदेश सल्लाहकार याम योङहाङ, चुम्लुङ इलाम अध्यक्ष बुद्धमाया सोंमी, चुम्लुङ इलाम सल्लाहकार बखतबहादुर आङदेम्बेलगायतले संयुक्त रूपमा वर्णमाला सार्वजनिक गरेका हुन्।


168 पटक हेरिएको 




