ऐतिहासिक कृति सिक्किम विश्वविद्यालयमा पढाइ हुने
गान्तोक(सिक्किम) । लेखक अर्जुनबाबु माबुहाङ र अमित थेवेद्वारा लिखित ऐतिहासिक पुस्तक सिक्किमको विश्वविद्यालयमा पढाइ हुने भएको छ । लेखकद्वयको पुस्तक ‘सिरिजङ्गा, फाल्गुनन्द र इमानसिं चेम्जोङका लेखोट’सिक्किमको विश्वविद्यालयको स्नातकतहमा अध्ययनहुनलागेको हो ।
सिक्किम प्रान्तको दक्षिण सिक्किम जिल्लामा रहेको सिक्किम अल्पाइन विश्वविद्यालयमा याक्थुङ इतिहास तथामुन्धुम इतिहास खोजकर्ता माबुहाङ र युवा सञ्चारकर्मी एवम् साहित्यकार थेबेको पुस्तकस्नातकतहको पाठ्यक्रममा समावेश हुने भएको छ । ‘ब्याचलर तहको याक्थुङ(लिम्बु)भाषा र सिरिजङ्गा लिपिको विकासक्रमसँगै लिपिप्रचारक सिरिजङ्गा सिङ थेवेको योगदानको अध्ययनकालागि स्रोत पुस्तकका रूपमाहाम्रो किताब राखिने कुराले आल्हादितभएका छौँ,’ लालीगुराँस नगरपालिका तेह्रथुमका मेयर माबुहाङले प्रतिक्रिया दिए, ‘पुस्तकले नेपालहुँदै सिक्किमसम्म बहस सुरु गरेको छ । स्रोत कृतिका रूपमा अध्यययन हुने कुराले उत्साहित भएका छौँ । याक्थुङ(लिम्बु)भाषाको अध्ययन अध्यापनमा सिक्किम राज्यनमुना राज्य मानिन्छ । सिक्किममागत सालबाट पीएचडी तहसम्ममा याक्थुङ(लिम्बु)भाषाको अध्ययनअध्यापन सुरु भएको छ । सन् १९७५ बाट सिक्किमले स्थानीय विद्यालयहरूमा रैथानै समुदायको भाषाका हिसाबले याक्थुङ(लिम्बु) भाषा पढाउन थालेको थियो ।

मानविकी संकायको स्नातकतहमा याक्थुङ भाषाको अध्ययनहुने गरीलिम्बु विभागका लागि कृति उपयुक्त रहेको सिक्किम अल्पाइन विश्वविद्यालयले ठहर गरेको लेखक थेवेले जनाए । सो विश्वविद्यालयका उपकुलपति आर के थापा, रजिस्ट्रार डा.एच के राजपूत र लिम्बु विभागप्रमुख कर्णहाङ सुब्बाज्यूहरूले एक पत्रमार्फत् लेखकद्वय र प्रकाशिका सिद्धकुमारी थेवेलाई जानकारी गराएका थिए ।
‘याक्थुङ इतिहास, भाषा, सँस्कृति र अनुसन्धानमूलक काममा निरन्तर लागि रहन थप उर्जा मिलेको छ,’ बेलायतमा रहेका लेखक थेवेले जोडे, ‘यो उपलब्धि भाषा, लिपि र याक्थुङ मुन्धुम र धर्मका लागि प्राण आहुतिदिने महान् सहिद एवम्हाम्राविभूति सिरिजङ्गा सिङ थेवे, सिङ्गो समुदाय, माटो र भाषिक साँस्कृतिक अभियानमा लागि रहने अभियन्ताहरूमा समर्पित छ ।’
आधा दर्जन बढी पुस्तकका लेखक माबुहाङको अर्को पुस्तक पनि पाठ्यक्रममा राखिएको छ । पान्थरमा रहेका लक्ष्मण लाओतीसँग संयुक्त रूपमा लेखेका ‘दसलिम्बुवान सत्रथुमको नीति’विश्वविद्यालयमाराखिने भएको लेखक लाओतीले बताएका छन् । उनले इतिहासकापक्षहरू खोज अनुसन्धान गर्न र लेख्न थप हौसला पुगेको जनाए । किताब तेजेन्द्र कुरुम्वाङले प्रकाशन गरेका हुन् । यसैगरी, सिक्किमकी लेखिक सन्ध्या सिङ्जाङ्गोका दुई अङ्ग्रेजी किताबहरू ‘लिम्बु स्यामेन्स्’ ‘चइत् मुन्धुम’पनि पाठ्यक्रममा समावेश भएको छ । वरिष्ठ साहित्यकार एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागीकाइँलाले संकलन गरेको मुन्धुमको संग्रह ‘चइत् मुन्धुम’लाई सिङ्जाङ्गोले खस नेपालीबाट अङ्ग्रेजी भाषामा उल्था गरेकी हुन् ।


243 पटक हेरिएको 












