लागुऔषध सहित पथरी र बुढीगंगाबाट २ जना पक्राउ

विराटनगर। मोरङको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउन सुगर र नियन्त्रित औषधिसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भदौ २४ गते साँझ ६ बजे पथरी शनिश्चरे नगरपालिका-७ का २८ बर्षीय ललित गुरुङ्लाई इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । उनको घर खानतलासी गर्दा घर भित्र लुकाईछिपाई राखेको अवस्थामा ३ ग्राम ३ सय ५० मिलीग्राम ब्राउन सुगर प्रहरीले फेला परेको थियो ।

सि आर भी बाँसबारी मोरङबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैँचा नगरपालिका-७ का २० बर्षीय रुपेश चौधरीलाई नियन्त्रित औषधि एभिल, डाइजेपाम र फेनारगन १७ एम्पुल सहित बुढिगंगा गाउँपालिका-२ गंगा चोकबाट पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार