पछाडि सवार एक जनाको मृत्यु

बिराटनगर । मोरङको बिराटनगर महानगरपालिका-१४ मा सवारी दुर्घटनाहुँदा मोटरसाईकल पछाडि सवार एक जनाको मृत्यु भएको छ । भदौ ३० गते राति साढे १० बजे कोशी लोकमार्गमा प्रदेश १-०२-०४४ प ८०८५ नम्बरको मोटरसाईल सडक साईडमा रहेको UP 36 P 2891 नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । सो घटनाबाट मोटरसाईकल चालक बिराटनगर-१५ का १८ बर्षीय राजिव मण्डल र मोटरसाईकल पछाडि सवार रहेका बिराटनगर-१० का २५ बर्षीय कृष्ण मण्डललाई उपचारको लागि प्रयोग बिराट नर्सिङहोम बिराटनगर लगिएकोमा उपचारको क्रममा कृष्ण मण्डलको मृत्यु भएको हो । ट्रक र चालक भारत उत्तर प्रदेशका मक्सुद आलमलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार