सफारी चार्ज गर्दा एकको मृत्यु

झापा । जिल्लाको गौरीगंज गाउँपालिका-२ स्थितमा सिटी सफारी चार्ज गर्ने क्रममा बिद्युत सर्टभई करेन्ट लाग्दा १ जनाको मृत्यु भएको छ ।

हिजो बिहान सवा ९ बजे गौरीगंज-२ का ३३ बर्षीय महेश राजबंशीले आफ्नै घरमा सिटी सफारी चार्ज गर्ने क्रममा मृत्यु भएको हो । राजबंशीलाई तत्काल उपचारको लागि लाईफलाईन अस्पताल दमक लगिएकोमा अस्पताल पुर्‍याउना साथ उनको मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय गौरीगंजले अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार