पुनर्स्थापना केन्द्रका अध्यक्ष लिम्बु नगद १ लाखसहित सम्मानित

काठमाडौं । रामबाबु-ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले पुरस्कार तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । यस वर्ष चार सामाजिक संस्था तथा तिनका अध्यक्षहरू पाँच लाख नगद पुरस्कारसहित सम्मानित भएका हुन् ।

अपांग पुनर्स्थापना केन्द्रका अध्यक्ष उदय बहादुर लिम्बुलाई नगद १ लाख राशीको रामबाबु-ज्ञानु समाजसेवी पुरस्कार सहित सम्मानित भएका छन् । सोही पुस्कार इटहरीस्थित माया घर नेपाल र टोखास्थित हाम्रो बाल संरक्षण धरोहर नेपाललाई पनि प्रदान गरिएको छ । त्यस्तै  कोषले २ लाख नगदसहितको रामबाबु-ज्ञानु सामाजिक सेवा पुरस्कार नेपालगञ्जस्थित नीलसागर सेवाश्रम तथा यसका संस्थापक अध्यक्ष सरिता खनाललाई प्रदान गरेको छ ।पूर्वमुख्यसचिव विमल कोइरालाले पुरस्कृत व्यक्ति तथा संस्थाहरुलाई सम्मानित गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार