अष्टलक्ष्मीले १८ लाख ७१ हजार शुद्ध नाफा गऱ्यो

पथरी । अष्टलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ  वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ।
आज भएको सभामा संस्थाकी सचिव सिर्जना राईले आर्थिक वर्ष २०८०/०८१ को प्रगति प्रतिवेदन तथा २०८१/०८२ को लागि कार्ययोजना प्रस्तुत गरिन् । संस्थामा हाल २ हजार २४ जना शेयर सदस्य रहेको बताउँदै साकोसको हाल शेयर पुँजीतर्फ १ करोड ४४ लाख ८६ हजार ४ सय रुपैयाँ रहेको बताइन् । त्यस्तै १० करोड ५१ लाख १९ हजार १०१ कुल बचत र ९ करोड १४ लाख १७ हजार ६ सय ४० रूपैयाँ ऋण लगानी उनले बताइन् । आ .ब . २०८१/०८२ को लागि जेष्ठ महिला सदस्य सम्मान, एकल महिला सदस्य सम्मान, संस्था स्थापना दिवस मनाउने कार्यक्रम, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कारोबार कर्ता सम्मान तथा पुरस्कार आदिलाई निरन्तरता दिइने आगामी कार्ययोजना प्रस्तुत  गरिन् । संस्थाकी कोषाध्यक्ष जानुका श्रेष्ठले आर्थिक वर्ष २०८०/०८१ को एक करोड ४४ लाख ८६ हजार ४ सय रूपैयाँ बराबरको आर्थिक प्रतिवेदन पेस गरिन्। साकोसले आयकर पछिको १८ लाख ७१ हजार ११५ रूपैयाँ शुद्ध नाफा गरेको सभामा प्रस्तुत गरिएको थियो।
साकोसकी अध्यक्ष दुर्गा सुवेदी दंगाल र सोहि संस्थाकी पूर्वअध्यक्ष वीना राईले संयुक्त रुपमा उद्घाटन गरिएको साधारणसभामा जेष्ठ सेयर सम्मान, एकल महिला सम्मान, उत्कृष्ट बाल बचत पुरस्कार, उत्कृष्ट ऋण कारोबारकर्ताहरूलाई पुरस्कार प्रदान गरिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार