धनकुटा । जिल्लाको सागुरिगढी गाउँपालिका ५ लाप्चेटारमा सम्पन्न दोस्रो अजङ्गको वरको रुख आमन्त्रित फुटबल प्रतियोगिताको उपाधि पाटीगाउ फुटबल क्लब केराबारी मोरङले रक्षा गरेको छ।
फाइनल खेलमा चौबीसे सामुदायिक विकास तथा सूचना केन्द्र (CCDIC) लाई शून्यको बिरुद्ध एक गोल गर्दै मोरङले उपाधि रक्षा गरेको हो। पाटीगाउँको तर्फबाट निर्णायक गोल विकास परियारले गरे । परियार सर्वाधिक गोलकर्ता खेलाडी पनि बने। प्रतियोगिताकै उत्कृष्ट गोल रक्षक पाटीगाउँका समिर थापा मगर र सर्वोत्कृष्ट खेलाडी पाटीगाउँ कै सनिश लिम्बू बनेका छन् । प्रतियोगिता ल्याप्चेटार युवा क्लवले आयोजना गरेको थियो।


194 पटक हेरिएको 




