वेलबारी । मोरङको बेलवारीमा असोज ११ गतेदेखि १९ गते सम्म सातौँ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप -२०८१ हुने भएको छ।
आईतबार एल एक्स सिटी फुटबल क्लबले एक पत्रकार सम्मेलनमार्फत सो प्रतियोगिता आयोजना गरिएको बताईएको छ ।
सो प्रतियोगिताको लागि बेलबारी नगरपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेको जानकारी छ । २ तोला ५०० ग्राम चादि र २ तोला सुन जडित ८ लाख बराबरको ट्रफी जित्न कुनै एक फुटबल क्लबले लगातार ३ वर्ष सो प्रतियोगिताको उपाधि उचाल्नु पर्नेछ। लक्ष्मी मार्ग निवासी पोपिराज राई र ज्योतिराज राईले आफ्नो स्वर्गीय बुबा मज एन. बी. राईको स्मृतिमा यस वर्षदेखि रनिङ कप गोल्डकपको सौजन्य गरेको पोपिराज राईले जनाए।
प्रतियोगिताका प्रथम र दोस्रो स्थान हासिल गर्ने फुटबल टिमले क्रमशः ८ लाख र ४ लाख रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक एल एक्स सिटी फुटबल क्लब अध्यक्ष विक्रम राईले बताबताए । उनले हरेक खेलमा म्यान अफ दि म्याच घोषित खेलाडीलाई ५ हजार नगद दिइने बताए । प्रतियोगिताको फाइनल खेलमा सर्वोकृष्ट खेलाडी, सर्वोत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्सर, सर्वोत्कृष्ट मिटफिल्डर, सर्वोत्कृष्ट गोलकर्ता, उदयमान खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षकलाई पनि पुरस्कृत गरिने भएको हो।
प्रतियोगितामा ६० लाख आय र ५५ व्याय हुने अनुमान गरिएको छ।
प्रतियोगितामा झापा ११ एफसी , एल एक्स सिटी एफसी, भोजपुर डी एफ ए, ब्रिगेड बोइज काठमाडौँ , सलहेश युथ क्लब सिराहा, डल्सिङ पारा एस ए इन्डिया , रारा एफ सी धनकुटा, बुटवल लुम्बिनी एफसी बुटवल, चितलाङ एफसी काठमाडौँ र नेपाल पुलिस क्लब काठमाडौँ सहित कुल १० वटा टिमले सहभागिता जनाउनेछ।


183 पटक हेरिएको 




