ज्वाइँले किन ससुराको हत्या गरे ?

पथरी । धारिलो हतियार प्रहार गरी हत्या गर्ने फरार ब्यक्ति पक्राउ परेका छन् ।

असोज ६ गते ईलाका प्रहरी कार्यालय पथरीले  जिल्ला प्रहरी कार्यालय धनकुटाको समन्वयमा धनकुटाको मुलघाट भन्ने स्थानबाट ती व्यक्ति पक्राउ परेका हुन् । असोज ५ गते अन्दाजी ०७:२० बजे पथरी शनिश्चरे नगरपालिका वार्ड नं. ७ मायालु चोक बस्ने बर्ष ६२ को चन्द्र बहादुर तामाङलाई धारिलो हतियारको प्रहारबाट घाटी, टाउको र चिउडोमा काटिएको अबस्थामा मृत लाश फेला परेको थियो । घटनास्थलमा फलामको धारिलो दाउ फेला परेको, घटना पश्चात निजको ज्वाईँ मोरङ कानेपोखरी गाउपालिका वार्ड नं. ५ बस्ने बर्ष २९ को रविन राई तत्काल फरार भएका थिए । राईलाई असोज ७ गते मोरङ जिल्ला अदालतबाट ४ दिनको लागि म्याद थप गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
प्रारम्भिक अनुसन्धानमा मृतक ससुरा तामाङ र ज्वाइँ राई विच मादक पदार्थ सेवन पश्चात बादविवाद हुदा तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार