उदयपुर । खुकरी प्रहार गरी हत्या गर्ने श्रीमान उदयपुरको ताप्ली गाउँपालिका-४ का ३५ बर्षीय जंग बहादुर घिसिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
त्रियुगा नगरपालिका ६ जलजलेमा कोठा भाडामा लिई चिया पसल गरी बस्दै आएका तामाङले असोज २२ गते बेलुका सामान्य घरायसी वाद बिवादको क्रममा आफ्नै श्रीमती २८ बर्षीया प्रमिला लामालाई खुकुरी प्रहार गरी हत्या गरेका थिए । श्रीमतीको हत्या गरी भाग्दै गरेको अवस्थामा तामाङलाई इलाका प्रहरी कार्यालय जलजलेबाट गस्तीमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।


71 पटक हेरिएको 












