पथरी । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
आज पथरी शनिश्चरे वडा नं.१ मा पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा नागरिक सुनुवाई कार्यक्रम भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय पथरीको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा जि.प्र.का.मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीको अध्यक्षता रहेको थियो ।
नागरिक सुनुवाई कार्यक्रममा विभिन्न राजनीतिक दल, संघ संस्था, व्यापारी, विद्यालयका प्रतिनिधिहरुले प्रहरी र नगरपालिकालाई गरेको प्रश्न हरुलाई प्रहरी उपरीक्षक कार्की र नगर प्रमुख तुम्वापोले सम्वोधन गरेका छन्। सम्वोधनका क्रममा तुम्वापोले केही गर्न बाँकी कार्यहरु र केही भइरहेका कार्यहरुको बारेमा विस्तृत रुपमा जानकारी गराए । इलाका प्रहरी कार्यालय पथरीका प्रमुख मोहन विक्रम दाहालले पथरी शनिश्चरेका प्रगति विवरणहरु प्रस्तुत गरे ।कार्यक्रममा विशिष्ट अतिथिहरु संविधानसभा सदस्यद्वय लालबहादुर सुस्लिङ मगर, चण्डी प्रसाद राई, पूर्व प्रदेश सभा सदस्य कृष्ण कुमारी राई, पथरी शनिश्चरे नगर उप–प्रमुख देवी माया काफ्ले, वडाध्यक्षहरु उद्धवराज बस्नेत, भीम राई, उद्योग वाणिज्य संघ पथरीका अध्यक्ष दिपक बस्नेत लगायतको उपस्थिति रहेको थियो ।


81 पटक हेरिएको 












