झापा । जिल्लाको शिवसताक्षी नगरपालिका-९ दुधेबाट जुवा तास खेल्दै गर्दा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
असोज २८ गते बेलुका शिवसताक्षी-९ सगरमाथा होटलमा जुवा जन्य तास खेल्ने क्रममा इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले ती व्यक्तिहरु लाई पक्राउ परेका हुन् । होटल संचालक ३९ बर्षीय बिनोद खरेल, शिवसताक्षी-९ का २० बर्षीय सौगात मैनाली, ४१ बर्षीय खगेन्द्र उप्रेती, ४१ बर्षीय दिनेश बाराकोटी, ३७ बर्षीय भिम बहादुर भण्डारी, ३९ बर्षीय प्रकाश लिम्बु, ४७ बर्षीय दिपक तामाङ, शिवसताक्षी- ६ का ४२ बर्षीय नविन तिम्सिना, ५० बर्षीय मिलन भण्डारी, शिवसताक्षी-११ का ३२ बर्षीय नरेन्द्र बिश्वकर्मा, ३६ बर्षीय लोक बहादुर बिश्वकर्मा र भारत कल्कत्ताका ४१ बर्षीय परिदोश पल समेतलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले एक बुक तास र नगद ५ लाख ४ हजार ३० रुपैँया बरामद गरेको छ ।


92 पटक हेरिएको 












