ब्राउन सुगरसहित ७ जना पक्राउ

विराटनगर । मोरङ र उदयपुरबाट लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कार्तिक ४ गते अपरान्ह मोरङको इलाका प्रहरी कार्यालय सिजुवा र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ती व्यक्तिहरुलाई पक्राउ गरेको हो । झापा कमल गाउँपालिका-५ का ४० बर्षीय संजय लिम्बु, दमकका २३ बर्षीय राजिब भुजेल, २३ बर्षीय अर्जुन लिम्बु, मोरङ पथरीशनिस्चरे- ५ का ३१ बर्षीय डेबिड खड्का र ३५ बर्षीय हेम बहादुर लिम्बुलाई ५ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका-९ बाट सुनसरी भोक्राहा गाउँपालिका-३ का २४ बर्षीय राजारोहित यादव र २१ बर्षीय अनिस शर्मालाई १ ग्राम ४७ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार