६ जना पक्राउ

विराटनगर । झापा, मोरङ, पाँचथर र उदयपुरबाट प्रतिवन्धित लागुऔषध ब्राउनसुगर, निषेधित औषधि र गाँजासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कार्तिक २० गते झापाको इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका-६ बसपार्क स्थितबाट इलाम चुलाचुली-५ का ४२ बर्षीय राजेन्द्र राईलाई ४ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।  मेचीनगर नगरपालिका-६ मेचीपुलबाट लागु औषध नियन्त्रण व्युरो काँकरभिट्टाले शिवसताक्षी नगरपालिका-१ का २७ बर्षीय पुकार तामाङलाई ६ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।

मोरङको विराटनगर महानगरपालिका-१५ बाट कानेपोखरी-५ का २२ को युसन बि.क.लाई १ ग्राम ६२ मिलिग्राम ब्राउन सुगरसहित लागुऔषध नियन्त्रण व्युरो विराटगनरले पक्राउ गरेको छ । रतुवामा ई-१ बाट मोरङ मिक्लाजुङ-७ का १९ बर्षीय सरोज लिम्वु र २२ बर्षीय राज मगरलाई नाईट्राजेपाम १ सय ट्यावलेट, ट्रामाडोल २ सय ट्यावलेट सहित इलाका प्रहरी कार्यालय सिजुवाले नियन्त्रणमा लिएको छ ।

उदयपुरको अस्थायी प्रहरी बिट आमबासीले चेकजाँचको क्रममा ८ किलोग्राम गाँजा सहित को. ३८ प १८५ नम्वरको मोटरसाईकल र चालक बेलका नगरपालिका-६ का ३८ बर्षीय लोकेन्द्र राईलाई नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार