रंगेली । मोरङको रंगेली नगरपालिका-८ निचामारीमा पर्खालले किचेर नाबालिकाको मृत्यु भएको छ ।
कात्तिक २१ गते साँझ साढे ५ बजे कसरलाल ताजपुरियाको २ बर्षीया छोरी शोभा ताजपुरियालाई आफ्नै घरमा ईटाले बनेको मन्दिरको पर्खाल अचानक झरेर किच्दा मृत्यु भएको हो । घाईते भएकी उनलाई उपचारको लागि रंगेली अस्पताल मोरङ पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीले अनुसन्धान गरिरहेको छ ।


72 पटक हेरिएको 












