केरावारीमा विुधत सेवा अवरुद्ध हुने

केराबारी । मदन भण्डारी मार्ग अन्तर्गत मोरङको केराबारी ३ को गोल ग्राउण्डदेखि पश्चिम पटिको सडक क्षेत्रमा विधुतको तार तान्ने भएकाले विुधत सेवा अवरुद्ध हुने भएको छ ।

केराबारी बजारदेखि शुक्रबारे हुदै वडा नं.३ को गोल ग्राउण्ड क्षेत्र हुदै पूर्व जाने सडकमा गाडिएको पोलमा तार सिफ्टिंग गर्नुपर्ने र नयाँ तार टांग्नु पर्ने भएकाले विहान ७ बजेदेखि ४ः३० बजेसम्म नियमित विधुत सेवा बन्द हुने विधुत प्राधिकरण केराबारी फ्युज सेवा केन्द्रले सूचना मार्फत जानकारी गराएको छ । ‘केराबारी ३ को हचुवा(फूलबारी टोल) हुदै ट्रान्सर्फमरबाट बितरित लाइनहरु आपटार,बागदलेको लाइन अबरुद्ध हुने र तोकिएको समयभन्दा अगाडि नै कार्य सकिएमा अगाडि नै लाइन सुचारु हुनेछ जानकारी गराउदछौं यसबाट ग्राहकबर्गमा पर्नगएको असुविधा प्रती क्षमा प्राथी छौ ‘ सूचनामा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार