हायसको ठक्करबाट यात्रीको मृत्यु

मोरङ। जिल्लाको सुन्दरहरैचा नगरपालिका-५ दुलारी स्थित पूर्व पश्चिम लोकमार्गमा हायस गाडीको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ ।

मंसिर ९ गते दिउँसो इटहरीबाट गछिया तर्फ जादै गरेको बा. प्र ०८-००१ च ०४७ नम्बरको हायस गाडीले दक्षिणबाट उत्तर तर्फ साईकलमा बाटो काट्दै गरेका एक व्यक्तिको मृत्यु भएको हो । सुन्दरहरैचा-४ का ४४ बर्षीय चन्द्र कुमार राईलाई ठक्कर दिई गम्भिर घाईते भएकोमा बि.पि. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा उनको मृत्यु भएको हो । हायस र हायस चालक झापा भद्रपुर नगरपालिका-८ का २६ बर्षिय बिशाल दासलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार