पथरी । नेपाली सेनाद्वारा रेडस्टार मा.वि. पथरी शनिश्चरेमा सञ्चालित राष्ट्रिय सेवा दल जुनियर डिभिजन ५० औं ब्याचको तालिम अन्तर्गत २१ दिने आवासीय तालिमका लागि ३६ जना क्याडेट र प्रशिक्षककाे टाेली याङ्सिला प्रस्थान गरेकाे छ।
आइतबार फेरि भेटौँला तथा शुभकामना कार्यक्रम आयोजना मङसिर १६ गतेदेखि सञ्चालन हुने ५० औँ जुनियर डिभिजन तालिम अन्तर्गत सामूहिक तालिमको पुर्ण सफलताका लागि शुभकामना सहित विदाई गरेको हो। विद्यालयमा अध्ययनरत ३६ जना छात्र छात्राहरुलाई अभिभावक तथा विद्यालय प्रशासन उपस्थितिमा विदाई गरिएको छ । मंसिर २१ दिनसम्म मोरङको याङ्शीलामा हुन गइरहेको सो वार्षिक सामुहिक क्याम्पमा सहभागी हुन नेपाली सेनाका २ जना तालिम प्रशिक्षकसहित रेडस्टार माविबाट एक समन्वय शिक्षक सहित ३६ जना छात्रछात्रालाई शुभकामना प्रकट गर्दै फेरि भेटौला बिदाई गरिएको रेडस्टार माविका निर्देशक तथा प्रिन्सिपल टिएन तिम्सिनाले बताए
ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी मोहनविक्रम दाहालको प्रमुख अतिथितामा सम्पन्न भएको कार्यक्रममा पथरी शनिश्चरे वडा नं २ का वडा सदस्य चन्द्र कुमार राई, विद्यालयका निर्देशक तथा प्रिन्सिपल टि. एन. तिम्सिना,भाईस प्रिन्सिपल बसन्त मादेन, अभिभावकहरूले उनीहरूलाई शुभकामना सहित टीका र रुद्राक्ष माला लगाएर बिदाई गरिएको थियो। विदाईका क्रममा जुनियर क्याडेटका विद्यार्थीहरुलाई राष्ट्रिय भावनामा ओतप्रोत गीतमा सुन्दर नृत्यहरू प्रस्तुत गरेका थिए। उक्त अवसरमा अतिथि तथा तालिम प्रशिक्षकहरुलाई विद्यालयका सञ्चालक समिति सदस्य तथा आइ. एस. ए .कोअर्डिनेटर राजु तिम्सिनाले मायाको चिनो प्रदान गरे। अभिभावकहरुकाे तर्फबाट चन्द्रकुमार राई , रविन्द्र लिङ्गदम र काेपिला राई, नेपाली सेनाकाे तर्फबाट जमदार महेन्द्र मगर र ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डि.एस.पि. माेहन बिक्रम दाहालले शुभकामना मन्तव्य राखेका छन्। सोहि क्रममा नेपाली सेनाका प्रशिक्षक राजु बस्नेतकाे नेतृत्वमा ३६ जना क्याडेट छात्र छात्राहरुले ड्रिल प्रदर्शन र मार्च पास पनि प्रदर्शन गरेका थिए।


86 पटक हेरिएको 









