बिसे नगर्ची पुस्तक प्रकाशन गरेका तिम्सिना सम्मानित

गौरादह (झापा) । नेपाल उत्पीडित जातीय मुक्ति समाजले पथरी शनिश्चरे  मोरङ निवासी दीपेन्द्र तिम्सिनालाई सम्मान गरेको छ ।

शनिबार सम्पन्न तेस्रो नगर अधिवेशनमा खाेजकर्ता तिम्सिनालाई सम्मान गरेको हाे । तिम्सिनालाई कार्यक्रममा प्रमुख अतिथि मुक्ति समाजका केन्द्रीय सचिव, जिल्ला समन्वय समितिका पूर्व प्रमुख साेमनाथ पाेर्तेलले सम्मान गरेका हुन्। पृथ्वीनारायण शाहको सल्लाहकार बिसे नगर्चीकाे बिषयमा गहिरो खाेज अनुसन्धान गरि नेपालमै पहिलोपटक ‘गुमनाम एक इतिहास बिसे नगर्ची ‘ पुस्तक प्रकाशन गरि समग्र दलित समुदायको गाैरबमय इतिहास खाेज, लेखन लागेकाले सम्मानित गरिएको समाजका नगर सचिव राेहित सेन्चुरीले बताए । ‘दलित भएकै कारण इतिहासले लुकाएका व्यक्ति बिसेकाे बिषयमा गाेरखासम्मै पुगेर तथ्यपुर्ण खाेज अनुसन्धान गरि लेखिएको पुस्तक दलित समुदायले राज्यलाई दिएको याेगदानकाे दस्तावेजकाे रुपमा लिएका छाै । ‘ सम्मान पत्रमा भनिएको छ ।पुस्तक हाल दाेस्राे संस्करण वितरण भइरहेकाे छ । साेहि अधिवेशनमा अन्तरजातीय विवाह गर्ने दलित जाेडिलाई समेत सम्मानित गरिएको थियोे । तिमिल्सिना यस अघि सामुदायिक वन उपभोक्ता महासंघ माेरङ २०६५, अरुणाेदय अंग्रेजी विद्यालय (पथरी शनिश्चरे १० ) २०६६, नेपाल जेसीज २०७४ ,पथरी जेसीज २०७४ देखि २०८१ सम्म ,पथरी उद्योग वाणिज्य संघ , तिम्सिना समाज माेरङ जिल्ला २०७९ , प्याब्सन पथरी शनिश्चरे नगर समिति भूपू सैनिक बाेर्डिङ (पथरी १ ) २०७९ फागुन , बाल नमुना वाेर्डिङ (पथरी शनिश्चरे १० ), २०७९ फागुन, तिमिल्सिना समाज प्रदेश २०८० , पथरी शनिश्चरे, नगरपालिका १ नं वडा कार्यालय २०८० लगायतका दर्जन बढी संघ संस्थाबाट सम्मानित भैइसकेका छन् ।हालसम्म प्रकाशित पुस्तकहरु टेलिफोन डायरी २०६८, माेरङकाे सामुदायिक वन एक चिनारी २०६९, माेरङकाे क्षेत्र नं २ एक चिनारी २०७०, पथरी शनिश्चरे नगरपालिका एक चिनारी २०७७, जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म प्रथम संस्करण २०७७, जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म दाेस्राे संस्करण २०७८, धिमाल जातिकाे इतिहास विगतदेखि वर्तमानसम्म २०७८, इतिहासमा पथरी शनिश्चरे २०७८, माेरङका जनप्रतिनिधि संङगालाे २०७९, माइखाेलादेखि पुनर्वाससम्म २०८० (भुटानी शरणार्थीकाे कथा व्यथा) तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म २०८०, गुमनाम एक इतिहास : बिसे नगर्ची २०८१ पहिलो संस्करण, गुमनाम एक इतिहास : बिसे नगर्ची २०८१ दाेस्राे संस्करण रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार