पथरी । आज कुष्ठरोग रोकथामको लागि केशमा आधारित तथ्याङ्क गोष्ठी पथरी शनिश्चरे नगरपालिकामा सम्पन्न भएको छ ।
स्वास्थ्य कार्यालय मोरङ र एन.एल.आर. नेपालको सहयोगमा स्थानीय तहमा कुष्ठरोग निवारण गर्ने लक्ष्य प्राप्तीका लागि बिरामीको परिवार, छिमेकी सामाजिक तथा सामुदायिक सम्पर्क÷कुष्ठरोग प्रभावितको केशमा आधारित लोकेशन सहितको तथ्यांक र म्यापिङ गर्ने कार्यसँगै गोष्ठी सम्पन्न भएको हो । पथरी शनिश्चरे नगरपालिकाको १० वटै आधारभूत स्वास्थ्य केन्द्रका प्रतिनिधि, नगर अस्पताल र नगरमा रहेका निजी अस्पतालको प्रतिनिधिहरुको सहभागिता भएको कार्यक्रममा सहजीकरण एन.आर.एल.का माधव भट्टले गरे ।


112 पटक हेरिएको 




