इङ्घङ मिडियाले `सार्वजानिक सुनुवाई’ कार्यक्रम सञ्चालन गर्‍यो

हसन्दह । मोरङको पथरी शनिश्चरेस्थित पुरानो बजार हसन्दहमा आइतबार सार्वजनिक सुुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
पथरी शनिश्चरे नगरपालिकाको आयोजना गरिएको सार्वजानिक सुनुवाई कार्यक्रममा विशेषतः नगरको विकास निर्माण, स्वास्थ्य, शिक्षा र कृषिसँग सम्वन्धित सवालहरु उठेका थिए । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरवासीको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । स्थानीय प्रताप लुइँटेल, गोबिन्द लिम्बू, हिक्मत श्रेष्ठ, देबेन्द्र वनेम, सन्तोष चौधरी, चन्द्र कुमार केसीलगायतले प्रश्न सोधेका छन् । इङ्घङ मिडिया प्रा.लि.को सहकार्यमा भएको कार्यक्रममा उठेका सवालहरुको जवाफ नगर प्रमुख मोहन प्रसाद तुम्वापो, प्रमुख प्रशासकीय अधिकृत शशि राई र स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले दिएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत राईले सुझावका रुपमा आएका शव वाहनमा स्टेचर, माला झुन्ड्याउने रड र हसन्दह बजारमा लाइट, डस्बिन, विपन्नको फुसको छानो हटाउने अभियान तुरुन्त गरिने प्रतिवद्धता जाहेर गरे ।

नगर प्रमुख मोहन प्रसाद तुम्वापोले नगरपालिकामा सम्पन्न भएका र हुन बाँकी विकास योजनाहरुलाई ताकेता गरिरहेको बताउदै अधुरा कामहरु छिट्टै पूरा गर्ने  र समग्र नगरका विषयमा आफू सिरियस भएर लागिपरेको सुझाए।
सार्वजानिक सुनुवाई कार्यक्रम नगर उप–प्रमुख देविमाया काफ्ले, वडा नं. १ का वडाध्यक्ष भीम राई, वडा नं. २ का वडाध्यक्ष नैना राई, वडा नं. ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, वडा नं. ५ का वडाध्यक्ष चेतेन्द्र खड्का, वडा नं. ३ का कार्यवाहक अध्यक्ष चन्द्रप्रकाश चेम्जोङ, वडा नं. ६ का कार्यवाहक अध्यक्ष विष्णुकुमार लिम्बु, नगरपालिकाका शाखा प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधिहरु, शिक्षक बिुद्धिजिवीहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

नगरको सार्वजानिक सुनुवाई कार्यक्रम यसभन्दा अघि शनिश्चरे बजार, किर्तिपुर बजारमा सम्पन्न भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार