खोटाङ । जनता समाजबादी पार्टी नेपाल (जसपा नेपाल) खोटाङ जिल्ला कार्यसमिति गठन गरिएको छ ।
समितिको अध्यक्षमा सुनिल चाम्लिङ राई रहेका छन् । समितिको उपाध्यक्षमा गणेश खड्का, सचिवमा हंशराज राई, कोषाध्यक्षमा शान्तिकला राई रहने गरी ३३ सदस्यीय समिति गठन भएको हो ।
कार्यक्रममा जसपा नेपाल सह अध्यक्ष पुर्बमन्त्री रकम चेम्जोङ, सचिब राज कुमार राई, केन्द्रिय कार्यकारिणी सदस्य सदस्य डा.के.के. राई, प्रदेस १ अध्यक्ष दिपक याक्खा, नेता नविन राई, बिद्यार्थी नेता अन्जिलहाङ राई, खोटाङ काठमाडौ सम्पर्क समिति अध्यक्ष पिके वाङदेल लगायतको उपस्थिति रहेको थियो ।


94 पटक हेरिएको 











