पथरी । व्यवसायिक मत्स्य फार्महरुमा स्थलगत मत्स्य उपचार तथा प्राविधिक परामर्श सेवा कार्यक्रम पथरीमा सम्पन्न भएको छ ।
पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको थियो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र विराटनगरको आयोजना सो कार्यक्रम नगरमा ५ र ६ गते गरी दुई दिन भएको थियो । ५ गते मत्स्य फार्महरुमा स्थलगत मत्स्य उपचार तथा प्राविधिकहरु गएका थिए भने आज परामर्श सेवा कार्यक्रम सम्पन्न गरिएको हो । नगरपालिकाका व्यवसायिक मत्स्य फार्महरुका सञ्चालकहरु रही परामर्श कार्यक्रम गरिएको हो ।कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङ कोशी प्रदेश विराटनगरका डा. अजय कुमार साह, क. अनुसन्धान निर्देशनालय तरहराका अभिलाषा झा, नगरपालिकाका लक्ष्मी घिमिरे लगायतको उपस्थिति रहेको थियो ।


97 पटक हेरिएको 












