सफारीबाट करेन्ट लाग्दा बालिकाको मृत्यु

सुनसरी । जिल्लाको भोक्राहानरसिंह गाउँपालिका-६ साहु टोलका सुदिप साहको ३ बर्षीया छोरी चन्दा साहको मृत्यु भएको छ। चार्जमा राखिएको सिटि सफारीबाट करेन्ट लागेर उनको मृत्यु भएको हो । चैत्र १२ गते दिउँसो छिमेकीको घरमा चार्जमा राखिएको सिटि सफारीमा खेल्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएकी बालिकालाई उपचारको लागि जिल्ला अस्पताल सुनसरी इनरुवा लैजादै गर्दा मृत्यु भएको थियो । शवलाई पोष्टमार्टमको लागि बी.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान, सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार