पथरी । विश्व क्षयरोग दिवस २०८१ को अवसरमा ‘क्षयरोग अन्त्यमा हाम्रो भूमिका’ विषयक अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
पथरी शनिश्चरे नगरपालिकामा आयोजित प्रतियोगितामा नगर भित्रका ६ विद्यालयका ९ विद्यार्थी सहभागी थिए । प्रतियोगितामा वाल्मीकि विद्यालयकी रक्षा अधिकारी प्रथम, एभरेस्ट माविकी विप्रसा भण्डारी दोस्रो र ब्राइट सनराइजकी दिपिका उराउ तेस्रो स्थान हासिल गरिन् । विजेताहरूलाई क्रमशः ३ हजार २ हजार, १ हजार नगद पुरस्कारसहित ट्रफी र प्रमाण–पत्र प्रदान गरिएको थियो । पथरी शनिश्चरे नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको प्रतियोगितामा स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले नगरपालिकाले क्षयरोग रोकथाम र उपचारका कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउँदै लैजाने बताए । कार्यक्रममा नगर उपप्रमुख देविमाया काफ्ले, लेखा शाखा प्रमुख पितनम्बर वस्ती, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, शिक्षा शाखा प्रमुख नवीन खुलाल, योजना शाखा प्रमुख शिव कुमार राई, महिला विकास शाखा प्रमुख गीता कट्टेल, जनस्वास्थ्य अधिकृत जगत मगर, क्षयरोग मुक्त नगर घोषणा अभियान संयोजक मुकेश पौडेल, बीएनएमटी नेपालका रामप्रसाद कोईराला, क्षयरोगका अनुभवी व्याक्ती एवम् पूर्व क्षयरोग, कुष्ठरोग अधिकृत ध्रुब उराउ लगायत स्वास्थ्यकर्मी, विद्यालय प्रतिनिधि तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । प्रतियोगिता बीएनएमटी नेपाल, चेन्ज टिभी, र स्टप टिभी पार्टनरसिप को सहकार्यमा सम्पन्न गरिएको हो ।


92 पटक हेरिएको 









