पथरी । तीन दिवसीय साबुन, फिनेल र हारपिक उत्पादन तालिम शुक्रबार समापन भएको छ ।
पथरी शनिश्चरे वडा नं. २ कार्यालय र चौतारी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा ३ दिने तालिम सकिएको हो । तालिममा वडाका उल्लेख्य मात्रामा प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।
समापन कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका नगर प्रमुख मोहन प्रसादतुम्वापोले तालिम पश्चात् निरन्तर रुपमा अघि बढाउन सुझाव दिए । कार्यक्रममा तालिमपछि उत्पादन गरिएका साबुन, फिनेल र हारपिक प्रदर्शन समेत गरिएको थियो। समापन कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष नैना राई, वडा सदस्यहरु खिलनाथ घिमिरे, चन्द्रकुमार राई (सिके), सिता दर्जी, अम्विका लिम्बु , सामुदायिक वनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


81 पटक हेरिएको 





