नगर खेलकुद महोत्सव: सेल्फी जित, बक्राहाको हार

थरी । दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सवअन्तर्गत भएको  क्रिकेट प्रतियोगितामा सेल्फी क्रिकेट टिमले बक्राहा टिमलाई ४६ रनले पराजित गरेको छ ।

जिरिखिम्तीमा भएको उद्घाटन खेलमा पहिले ब्याटिङ गरेको टिम सेल्फीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९६ रनको विशाल योगफल खडा गर्‍यो। योगेश श्रेष्ठले ५९ रनको उत्कृष्ट इनिङ्स खेले भने सोलोमन राईले अर्धशतक (५४ रन) बनाउँदै टोलीलाई बलियो स्थिति दिलाए। अर्जुन बस्नेतले १५ रनको योगदान गरे। बलिङतर्फ बक्राहाका समित राईले सर्वाधिक ३ विकेट लिए भने डिबि कार्की, अनुज खतिवडा र अनिस लुइटेलले समान १/१ विकेट लिए । जवाफमा उत्रिएको टिम बक्राहाले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५० रन मात्र बनाउन सक्यो। समित राईले आक्रमक ५१ रन बनाए पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन्। सचिन उप्रेतीले १८ र डेबिड घिमिरेले १२ रन जोडे। सेल्फी टिमका बलर सौगात कोइरालाले शानदार प्रदर्शन गर्दै ५ विकेट लिए। अस्बिन महतले २ तथा बुद्ध आले मगरले १ विकेट लिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार