नगर खेलकुद महोत्सव: क्रिकेट प्रतियोगितामा भुल्के विजयी

थरी । दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सवअन्तर्गत भएको  क्रिकेट प्रतियोगिताको दोस्रो  खेलमा टिम भुल्के विजयी भएको छ।

डाँस मोरङीलाई ६ विकेटले पराजित गर्दै भुल्केले शानदार जित दर्ता गर्‍यो। जिरिखिम्तीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको डास मोरङले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३३ रन बनायो। डाँसका आदर्श कार्कीले ३८ रन, रोहन गहतराजले २० रन र महेश कार्कीले १६ रनको योगदान दिए। जवाफमा भुल्केले १६ ओभरमा मात्र ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। टिम भुल्केका एन्जल राईले सर्वाधिक ३५ रन बनाए भने उत्सव राईले २२, नेल्सन दंगालले १५ र सुरज खड्काले १३ रन जोडे। बलिङतर्फ भुल्केका नेल्सन दंगाल, दिपेश भण्डारी र सुरज खड्काले समान २/२ विकेट लिएर टिमलाई जितको बाटोमा डोर्याए। डाँसका रोहन गहतराज, सुरज अधिकारी र सन्जय मुर्मुले एक/एक विकेट लिए। म्यान अफ द म्याच भुल्केका नेल्सन दंगाल घोषित भए ।

अब तेस्रो र चौथो खेल मङ्गलबार हुनेछ । तेस्रो खेल सेल्फी र डास तथा चौथो खेल बक्राहा र भुल्केबिच हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार