नगर खेलकुद महोत्सब: अब प्रभात र नाजरिन भिडने

पथरी । दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सब–२०८२ अन्तर्गत नगरस्तरीय अन्तर क्लब फुटबल प्रतियोगितामा प्रभात सामुदायिक एफ.सी. विजयी भएको छ ।
बुधबार भएको खेलमा प्रभातले उपाधि दावेदार टिम सिरिजंगा एफ.सी.लाई टाइब्रेकरमा पराजित गर्‍यो । पहिलो हाफको १३ औं मिनेटमा प्रभातका अर्सित कार्कीले सिरिजंगाको गोलरक्षकको गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए । पहिलो हाफको अतिरिक्त समयमा सिरिजंगाले पाएको पेनाल्टीलाई जुनियर साँवाले गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए । त्यसपश्चात् खेल टाइब्रेकरमा धकेलिएको थियो ।
टाइब्रेकरमा प्रभात एफसीले सिरिजंगालाई ३–२ गोल अन्तरले पराजित गरेको हो । खेलको म्यान अफ द म्याच सिरिजंगाका विशाल चौधरी घोषित भए । चौधरीलाई नगरका लेखा शाखा प्रमुख एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत पीताम्बर वस्तीले नगद २ हजार रूपैयाँसहित मेडल तथा ट्रफी प्रदान गरे । जितसङ्गै प्रभावले बैशाख २६ गते नाजरित एफसीसङ्गको भेट पक्का गरेको छ ।  भोलिको खेल देवीगञ्ज एफसी र पुलचोक एफसी बिच हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार