मोरङ । प्लानिङ ब्वाईज युनाईटेड क्लब बेलबारी आरजु राईस मेजर स्वर्गिय एन. बि. रुङमाहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको सेमिफाईनल प्रवेश गरेकाे छ ।
मोरङको बेलबारी-११, लक्ष्मीमार्गमा जारी गोल्डकपको मंगलबार भएकाे क्वाटर फाईनल खेलमा रारा फुटबल क्लब, धनकुटालाई ० काे विरुद्ध १ गाेल अन्तरले प्लानिङ ब्वाईज युनाईटेड, काठमाण्डाै विजयी भएकाे हाे । मध्यान्तर अघिकाे थप गरिएकाे २ मिनेेटमा प्लानिङ ब्वाईज युनाईटेडका जर्सि नम्बर ११ का सविन लुङ्गेली मगरले गाेल गर्दै टिमलाई अग्रता दिलाए । साेही गाेल नै निर्णायक बन्यो । मध्यान्तर अघिकाे प्रतिस्पर्धात्मक खेलमा राजारानी फुटबल क्लबका जर्सी नम्बर ११ का प्रदिप लामा, जर्सि नम्बर ९ प्रशान्त लक्सम, जर्सि नम्बर ८ का विशाल घलान र प्लानिङ ब्वाईजका तर्फबाट जर्सि नम्बर ३ का रुजन न्याैपानेले पहिले कार्ड पाए ।
आजकाे विजेता टाेलिले सेमिफाईनलमा आयाेजक एल.एक्स. सिटि फुटबल क्लबसँग असाेज ३० गते प्रतिस्पर्धा गर्नेछ । खेलकाे म्यान अफ द म्याच प्लानिङका जर्सि नम्बर ११ का सविन लुङ्गेली मगर घाेषित भए । उनले नगद ७ हजार रुपैया प्राप्त गरे ।
भाेलिकाे खेल चर्च ब्वाईज युनाईटेड क्लब, ललितपुर र सहलेश युथ क्लब, सिरहा बिच हुनेछ ।


39 पटक हेरिएको 









