पथरी । मोरङ पथरीमा भएको दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकपको उपाधि सलहेश युवा क्लब, सिराहाले जितेको छ । शनिबार भएको फाइनलमा सलहेशद्वारा घरेलु टोली पथरी–११ फुटबल क्लब, मोरङलाई २–१ ले पराजित गर्यो । पहिलो हाफको २० औं मिनेटमा पथरीका धिरेन क्षेत्रीले गोल गर्न सफल भए । दोस्रो हाफमा पथरीले अग्रता कायम गर्न सकेन । सलहेशका जय गुरुङले ५७ मिनेटमा गोल गर्दै टिमलाई बराबरीमा ल्याए । त्यसपछि समीर तामाङले गोल गर्दै टिमलाई उपाधि चुमाए । विजेता सलहेशले ५ लाख र उपविजेता पथरीले २ लाख ५० हजार रूपैयाँ नगद र ट्रफी प्राप्त गर्यो ।
बिहिवार भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक पथरी ११ फुटबल क्लबले एनआरटी फुटबल क्लब काठमाडौलाई १-० गोल अन्तरले जित्दै उपाधि नजिक पुगेको थियो। विजेता टिम सलहेस बुधबार भएको पहिलो सेमिफाइनल खेलमा पाँचथर क्लब फिदिमलाई ४-१ गोल अन्तरले पाखा लगाउदै फाइनलमा पुगेको थियो ।
पथरी ११ फुटबल क्लबले आयोजनामा गत कार्तिक १५ गतेदेखि गोल्डकप सुरु भएको थियो । ८ टिम सहभागी गोल्डकप जातेमोड पथरीमा भएको थियो ।


15 पटक हेरिएको 












