फुटबल लिगमा ब्राइट, कीर्तिपुर र चिनारी विजयी 

कीर्तिपुर । एनप्यासन पथरी शनिश्चरे अन्त्तर विद्यालय यू फोर्टिन फुटबल लिग अन्तर्गत आजको खेल तीन बिद्यालय जितेको छ ।

बाल कल्याण मावि(पथरी शनिश्चरे-७)को खेल मैदानमा भएको पहिलो खेलमा ब्राइट सनराइज स्कुलले जितेको छ । उस्ले बाल नमुना बिद्या मन्दिरलाई पराजित गरेको छ ।

दोस्रो खेल सिद्वार्थ स्कुल र कीर्तिपुर एकेडेमीबिच भएको छ । कीर्तिपुरले २-१ गोल अन्तरले विजय बनेको हो । तेस्रो खेलमा पनि बाल नमुना पराजित भयो । बाल नमुना दोस्रोपटक चिनारीसङ्ग पराजित हुन पुग्यो ।
एनप्याब्सन नगर समितिले आयोजना भएको लिगमा ५ टिमले सहभागिता जनाएको छ । मङ्सिर १२, मङ्सिर १३, मङ्सिर १९ गतेसम्म भएको लिग भोलि(मङ्सिर २०) सम्म जारी रहनेछ । फाइनल खेल दुई शीर्ष टिम कीर्तिपुर र ब्राइटबिच हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार