कीर्तिपुर । एनप्याब्सन पथरी शनिश्चरे अन्त्तर विद्यालय यू फोर्टिन फुटबल लिग-२०८२को उपाधि कीर्तिपुर एकेडेमी(पथरी शनिश्चरे-४)ले रक्षा गरेको छ ।
शनिबार बाल कल्याण मावि(पथरी शनिश्चरे-७)को खेल मैदानमा भएको खेलमा ब्राइट सनराइज स्कुल पराजित भयो । ४-१ गोल अन्तरले कीर्तिपुर विजयी बन्यो । पहिलो हाफमा ब्राइटका बिशाल प्रधानले १ गोल गर्दै टिमलाई अग्रता दिलायो ।
दोस्रो हाफ कीर्तिपुरको पक्षमा देखियो । कीर्तिपुरका प्रदिक भट्टराईले गोल गर्दै टिमलाई बराबर ल्याउन सफल भए । त्यसपछि टिम क्याप्टेन सलिल राईले २ र सुमित बेघाले १ गोल गरे। लिगमा कीर्तिपुर र ब्राइटको अलबा बाल नमुना बिद्या मन्दिर, सिद्वार्थ स्कुल, चिनारी इङ्लिश बोर्डिङ स्कुलले सहभागिता जनाए ।
एनप्याब्सन नगर समितिले आयोजना भएको लिग मङ्सिर १२, मङ्सिर १३, मङ्सिर १९ र मङ्सिर २०गतेसम्म भएको थियो ।


48 पटक हेरिएको 





